डाक्टर सन्दुक रुइतको उपस्थितिमा भोलिबाट ताप्लेजुङमा निःशुल्क आँखा शिविर सुरु हुँदै 



ताप्लेजुङ । भोलिबाट डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित आँखा उपचार केन्द्रले आगामी १८ सम्म ३ दिन निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको हो । 

विश्व प्रख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी भइरहेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले बताउनुभयो । 

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा अस्पताल काठमाडौँ, सेवा फाउण्डेशन काठमाडौँ र फुङलिङ नगरपालिकाको संयुक्त पहलमा आयोजित शिविरमा छनौट भएका मोतियाबिन्दूका बिरामीहरूको निशुल्क शल्यक्रिया समेत गरिने क्लिनिक इन्चार्ज गुरुङले बताउनुभएको छ । मोतियाबिन्दुका बिरामीको छनौटका लागि ताप्लेजुङको दुईओटा स्थानीय तहमै छनौट शिविर समेत सम्पन्न गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार मैवाखोला गाउँपालिकाको १ नं. वडा कार्यालय ढुङ्गेसाँघुमा फागुन १३ र मिक्वाखोला गाउँपालिकाको २ नं। वडा कार्यालय खोक्लिङमा फागुन १४ गते छनौट शिविर सम्पन्न भएको छ । सो स्थानमा छनौट भएका मोतियाबिन्दुका बिरामीहरूको डिचेन डोङ्गगलामा अपरेशन गरिने बताईएको छ ।  

परीक्षणका क्रममा ४० वर्षभन्दा माथि उमेर समुहको सेवाग्राहीलाई चश्मा तथा आवश्यकता अनुसार औषधी समेत निशुल्क उपलब्ध गराइने केन्द्रले जनाएको छ । बिरामीहरूको सेवाका लागि समय–समयमा केन्द्रले विभिन्न स्थानमा पुगेर निशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । 

आँखाका बिरामीहरूका लागि नेपाल नेत्र ज्योति संघले ताप्लेजुङको फुङलिङ, दोभान, पाँचथरको थर्पु र कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सहयोगमा दोभान आँखा उपचार केन्द्र, याङवरक गाउँपालिकाको सहयोगमा थर्पु आँखा उपचार केन्द्र, कुम्मायक गाउँपालिकाको सहयोगमा कुम्मायक आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।  

साथै नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वयमा विश्व बिख्यात नेत्र रोग विशेषज्ञ डाक्टर रुइतलाई फुङलिङमा नागरिक अभिनन्दन गर्ने तयारी समेत गरिएको नेपाल नेत्रज्योति संघका उपाध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिनु भएको छ । डाक्टर रुइत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा जन्मिनु भएको हो । 

प्रकाशित मिति : 12:37 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला