झापाबाट चोरी गरिएका मोटरसाइकल ताप्लेजुङ ल्याएर बिक्री, एकजना पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा झापाको बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी गरेर ल्याईएका मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।झापाबाट खटिएको प्रहरी टोलीले ७ वटा मोटरसाइकल बरामद गरेर झापा लगेको हो ।

मोटरसाईकल चोरी आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड ६ बस्ने २७ वर्षीय बालकुमार मगरलाई नियनत्रणमा लिएको छ भने बरामद गरिएका मोटरसाइकल सार्वजनिक गरेको छ।

गत शुक्रवार १ थान मोटरसाइकलसहित पाँचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि गरिएको अनुसन्धानपछि झापाबाट चोरी गरेर ताप्लेजुङ लगेर बिक्री गर्ने गरिएको पत्ता लागेको थियो ।

ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरूले कावेलीसम्म पुर्याइदिने गरेका थिए । त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको बुझिएको छ ।

झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले २० देखि ४० हजारमा विक्री गर्ने गरेको खुलेको छ ।
ताप्लेजुङमा सोही मोटरसाइकलहरु ८० हजार देखि १ लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ ।

प्रकाशित मिति : 11:21 am

मैवाखोला गाउँपालिकामा एकीकृत घुम्ती सेवा शिविरबाट ५ हजार बढीले लिए सेवा

ताप्लेजुङ, वैशाख ३१ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एकीकृत घुम्ती

एसईई नतिजामा आठराई त्रिवेणी जिल्लामै पहिलो

ताप्लेजुङ, वैशाख ३१ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को

गौवध मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ 

ताप्लेजुङ, वैशाख ३० गते । गौवध मुद्दामा अदालतबाट दोषी ठहर भई

मेरिङदेन र मिक्वाखोलाका २७ जनालाई मेलमिलाप सम्बन्धी तालिम

ताप्लेजुङ, वैशाख ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला

तिनजुरे–मिल्के क्षेत्रमा पर्यटन तथा समन्वय कार्यक्रम सुरु 

ताप्लेजुङ, वैशाख २८ गते । जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा