ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका तयार



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८० तयार भएको छ ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)का प्रतिनिधिहरुमार्फत सामूहिक छलफल गरी तयार भएको निर्देशिका पिएलजीएसपीका प्रतिनिधिले शुक्रवार गाउँपालिका अध्यक्ष युकहाङवीर९डम्बर०हाङ्गामलाई हस्तान्तरण गर्नु भएको छ ।

पालिका अध्यक्ष, पालिकाका ६ वटै वडाका वडाध्यक्ष दलित तथा महिला कार्यपालिका सदस्य,वडा सचिव र शाखा प्रमुखहरुको उपस्थिति तीनदिन सम्म गरिएको छलफल पछि आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८० तयार भएको गाउँपालिकाले जनाएको छ ।

आन्तरिक नियन्त्रण प्रणाली भन्नाले व्यवस्थापनले तयार गरी लागु गरेको प्रक्रिया हो । यसले सञ्चालनको प्रभावकारिता,वित्तीय प्रतिवेदनको विश्वसनीयता तथा ऐन, नियमको परिपालना भएको सम्बन्धमा व्यवस्थापनलाई व्यवहारिक बनाउन मार्गनिर्देश गर्छ ।

आन्तरिक नियन्त्रण प्रणालीमा नियन्त्रित वातावरण, जोखिमको लेखाजोखा, नियन्त्रित कार्यविधी, सूचना तथा सञ्चार र अनुगमन जस्ता बिषय समेटिएका हुन्छन् ।eujyalopost.com

प्रकाशित मिति : 1:05 pm

पाथीभरा दर्शनको क्रममा बालकको मृत्यु

ताप्लेजुङ, चैत्र ९ गते । पाथीभरा दर्शनको क्रममा बिरामी भएका

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र

सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि

ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले