दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको कार्यालयसम्म जोड्ने सडकको कालोपत्रेका लागि ठेक्का सम्झौता



ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारदेखि मेरिङदेन गाउँपालिकाको कार्यालयसम्म जोड्ने सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ । दोश्रो ठुलो व्यापारीक केन्द्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्र सान्थाक्रासम्मको सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ठेक्का सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर)ले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहाडी कन्स्ट्रक्सन, पोमु कन्स्ट्रक्सन र जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको हो । ठेकेदार कम्पनीले चालु आर्थिक वर्षको मसान्तसम्ममा दोभानदेखि पालिकाको पहिलो घुम्तिसम्म पहिलो चरणमा ग्राभेल लगायतका कार्य हुनेछन् । उक्त कार्यको लागि ३ करोड ३७ लाख रुपैयाँमा ३ ओटा कम्पनीसँग ठेक्का सम्झौता भएको हो । 

चालु आर्थिक वर्षमा खोलाइएको ठेक्काको कार्य पुरा भएसँगै आगामी आर्थिक वर्षमा थप अन्य कार्यको लागि समेत बजेट सुनिश्चित गरी ठेक्का आह्वान गर्ने गाउँपालिकाले जनाएको छ । मेरिङदेन गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत आगामी ३ वर्षभित्र पालिकाको केन्द्रसम्म सडक कालोपत्रे गर्ने पालिकाको योजना अनुसार नै कार्य अगाडि बढाइएको हो । 

प्रकाशित मिति : 5:11 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा