सिदिङ्वा रनिङ शिल्ड भलिबलको उपाधि पाथीभरा याङ्वरकलाई



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले हात पारेको छ । आज भएको फाइनलमा आयोजक सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो ।

फाइनल खेलमा २७–२५ ले पहिलो सेट जितेको सिदिङ्वालाई पाथीभरा याङ्वरकले लगातार दोस्रो, तेस्रो र चौथो सेट २५–२१, २५–२१, २५–१३ ले जित हात पार्दै उपाधि जित्न सफल भएको सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताउनुभयो ।

उपाधि जितसँगै पाथीभरा याङ्वरक गाउँपालिकाले रनिङ शिल्डसहित दुई लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको सिदिङ्वा गाउँपालिकाले एक लाख २५ हजार रुपियाँमा चित्त बुझाउनु परेको छ ।

तृतीय र चौथो स्थान प्राप्त गरेका अन्य दुई टोलीलाई सान्त्वना पुरस्कार स्वरूप समान २५ हजार रुपियाँका दरले प्रदान गरिएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पाँचथरका दुईसहित सात टोलीका सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 1:45 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी