७५औँ वार्षिक उत्सवको अवसरमा भानु माविलाई पूर्व विद्यार्थीहरूको आर्थिक सहयोग



ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयको ७५औँ वार्षिक उत्सवको अवसरमा २०७०/७१ सालको ‘प्लस टु’ ब्याचले आर्थिक सहयोग गरेको छ । उक्त विद्यालयमा अध्ययन गरेका ‘प्लस टु’का पूर्व विद्यार्थीहरूले आर्थिक सहयोग गरेका हुन् ।

२०७०/७१ ब्याचका विद्यार्थीहरूले नगद ५८ हजार ९६२ रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले बताउनुभयो । स्थापनाको ७५औं वर्ष पुगेको अवसरमा फागुन २ गते पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले उद्घाटन गर्नुभएको उक्त उत्सव जिल्ला समन्वय समिति प्रमुख छिरिङ् लामाको प्रमुख आथित्यतामा आज सम्पन्न भएको छ ।

वार्षिक उत्सव कार्यक्रममा विद्यालयका भूतपूर्व प्रधानाध्यापक, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, भूतपूर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भूतपूर्व विद्यार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिएको छ ।

नमुना माध्यमिक विद्यालयको रुपमा अघि बढि रहेको उक्त विद्यालयले अझ राम्रो बनाउन सहयोग गर्न आह्वान गरेको थियो । छात्रावास, आधुनिक विज्ञान प्रयोगशाला, सुविधायुक्त पुस्तकालय, उपयुक्त क्यान्टिन, म्युजियम, खानेपानी तथा शौचालय, स्वास्थ्य भवन र शिक्षक भवन गरि आठवटा क्षेत्रमा आफूलाई इच्छा लागेको क्षेत्रमा सहयोग गर्न विद्यालयले आह्वान गरेको थियो ।

यही अनुरूप आफूहरूले अध्ययन गरेको विद्यालयको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको उक्त ब्याचका विद्यार्थीहरू बताउँछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १५:३८

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम