७५औँ वार्षिक उत्सवको अवसरमा भानु माविलाई पूर्व विद्यार्थीहरूको आर्थिक सहयोग



ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयको ७५औँ वार्षिक उत्सवको अवसरमा २०७०/७१ सालको ‘प्लस टु’ ब्याचले आर्थिक सहयोग गरेको छ । उक्त विद्यालयमा अध्ययन गरेका ‘प्लस टु’का पूर्व विद्यार्थीहरूले आर्थिक सहयोग गरेका हुन् ।

२०७०/७१ ब्याचका विद्यार्थीहरूले नगद ५८ हजार ९६२ रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले बताउनुभयो । स्थापनाको ७५औं वर्ष पुगेको अवसरमा फागुन २ गते पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले उद्घाटन गर्नुभएको उक्त उत्सव जिल्ला समन्वय समिति प्रमुख छिरिङ् लामाको प्रमुख आथित्यतामा आज सम्पन्न भएको छ ।

वार्षिक उत्सव कार्यक्रममा विद्यालयका भूतपूर्व प्रधानाध्यापक, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, भूतपूर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भूतपूर्व विद्यार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिएको छ ।

नमुना माध्यमिक विद्यालयको रुपमा अघि बढि रहेको उक्त विद्यालयले अझ राम्रो बनाउन सहयोग गर्न आह्वान गरेको थियो । छात्रावास, आधुनिक विज्ञान प्रयोगशाला, सुविधायुक्त पुस्तकालय, उपयुक्त क्यान्टिन, म्युजियम, खानेपानी तथा शौचालय, स्वास्थ्य भवन र शिक्षक भवन गरि आठवटा क्षेत्रमा आफूलाई इच्छा लागेको क्षेत्रमा सहयोग गर्न विद्यालयले आह्वान गरेको थियो ।

यही अनुरूप आफूहरूले अध्ययन गरेको विद्यालयको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको उक्त ब्याचका विद्यार्थीहरू बताउँछन् ।

प्रकाशित मिति : 3:38 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका