नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको ४१ औं साधारणसभाद्धारा आव २०८१/८२ मा सञ्चालन हुने कार्यक्रम पारित



ताप्लेजुङ। नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको ४१ औं बार्षिक साधारणसभाले आगामी आर्थिक बर्ष २०८१।८२ का लागि शाखा तथा उपशाखाहरुमा सञ्चालन हुने प्रस्तावित कार्यक्रमलाई पारित गरेको छ ।

शुक्रवार सम्पन्न साधारणसभामा मन्त्री विकास गौतम तथा कोषाध्यक्ष दिनेश अधिकारीद्धारा प्रस्तुत क्रमशःसांगठनिक तथा आर्थिक प्रतिबेदन पारित गरेको हो । सभाले पारित गरेको कार्यक्रम अनुसार शाखा स्तरमा एचआईभी एड्स जोखिम न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम,प्राथमिक उपचार पुर्नताजकी कार्यक्रम,महिला शशक्तिकरण कार्यक्रम,जुनियर युवा रेडक्रस कार्यक्रम,समुदायमा आधारित बिपद् पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम र उपशाखा स्तरीय गोष्ठी सञ्चालन हुने भएका छन् । यस्तै उपशाखा स्तरमा स्वयंसेवक परिचालन सम्वन्धी कार्यक्रम,आचार संहिता अभिमूखीकरण,बिपद् जोखिम न्यूनीकरण अभिमुखीकरण र नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन हुनेछन् । बिपद् प्रतिकार्य र पूर्व तयारी,राहत तथा उद्धारका कार्यक्रम भने नियमित रुपमा अघि बढाउने रेडक्रसले जनाएको छ ।

२३ वटा औपचारिक उपशाखा र एकवटा तर्दथ उपशाखा रहेको नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङमा आजीवन,बिशिष्ट,यशस्कर र पञ्जीकृत आजीवन सदस्य गरी कूल २ हजार ७ सय २५ जना सदस्य रहेका छन् । ति मध्ये २ हजार ५ सय ६० जना आजीवन सदस्य,१ सय १७ जना बिशिष्ट सदस्य,११ जना यशस्कर र ६२ जना पञ्जीकृत आजीवन सदस्य रहेको जिल्ला रेडक्रस सोसाईटी ताप्लेजुङले जनाएको छ । आव २०८१।८२ मा थप एउटा उपशाखा थप गर्ने योजना समेत जिल्ला रेडक्रस सोसाईटीले बनाएको छ ।

सभामा कोषाध्यक्ष अधिकारीले आव २०८१।८२ का लागि प्रस्तुत गर्नु भएको ५९ लाख ८५ हजार ६ सय ६५ रुपैयाँको अनुमानित आयव्यय बिबरणलाई समेत सभाले पारित गरेको छ । आव २०७९।८० मा पेश भएको अनुमानित आयव्ययलाई लेखा परीक्षण प्रतिबेदन र शाखाको यर्थाथ आयव्ययका आधारमा ४६ लाख ३९ हजार ४ सय १३ रुपैयाँ हुने प्रक्षेपण गरिएकोमा सो भन्दा कम आयव्यय कायम भएको भनी सभामा पेश भएको शंसोधित आयव्यय ४१ लाख ७२ हजार ५ सय ७३ रुपैयाँ समेत सभाले पारित गरेको छ ।

यसअघि सभाको उद्घाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले रेडक्रस बिशुद्ध परोपकारी संस्था भएकोले यसको गरिमा र महत्व कायम राख्न रेडक्रसकर्मीहरुलाई आग्रह गर्नु भएको थियो । सभामा प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल,रेडक्रसका पूर्व केन्द्रीय सदस्य तथा सुनसरी शाखाका पूर्व सभापति बासुदेव गौतम लगायतले सभा सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी पूर्व केन्द्रीय सदस्य समेत रहनु भएका ताप्लेजुङ शाखाका सभापति इन्द्रबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । ई–उज्यालो पोष्ट

प्रकाशित मिति : 1:48 pm

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको