भानु माविको ७५औँ वार्षिक उत्सव : हाजिरी जवाफ प्रतियोगितामा लिटल बुद्ध बोर्डिङ स्कुल प्रथम



ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयको ७५औँ वार्षिक उत्सव अवसरमा भएको माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा लिटल बुद्ध बोर्डिङ स्कुल प्रथम भएको छ । स्थापनाको ७५औं वर्ष पुगेको अवसरमा हिजोबाट सुरु भएको उक्त उत्सवमा आज भएको हाजिरी जवाफ प्रतियोगितामा लिटल बुद्ध प्रथम भएको हो ।  

यस्तै प्रतियोगिताको दोस्रो कञ्चनजङ्घा बोर्डिङ स्कुल भएको छ भने, भानु मा.वि. र मयाम मा.वि. फुरूम्बु तेस्रो भएको छ । फुङलिङ नगरपालिका भित्रका माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । 

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले उद्घाटन गरेको महोत्सवको समापन भोलि हुने विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले जानकारी दिनु भएको छ । वार्षिक उत्सव कार्यक्रममा भानु जन मा।वि का भूतपूर्व प्रधानाध्यापक, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, भूतपूर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भूतपूर्व विद्यार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिने छ । 

२००६ सालमा स्थापना भएको विद्यालयले हाल अंग्रेजी तथा नेपाली दुवै माध्यमहरुबाट पठनपाठन गरि रहको छ भने विद्यालयमा जिल्लामै पहिलो पटक सङ्गीतको कक्षा पनि सञ्चालनमा रहेको छ । 

प्राविधिक धारका सिभिल इन्जिनियरिङ सहित साइन्स एवं विभिन्न विषयहरूको अध्ययन पनि गर्न सकिने भएकाले हाल विद्यार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको विद्यालयले दावी गरेको छ । 

विद्यालयमा हाल बाल कक्षा देखि कक्षा १२ सम्म २ हजार बढि विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयमा केही समय अघिबाट जिल्लामा नै पहिलो पटक आईटी एकेडेमी बनेको छ भने उक्त एकेडेमीबाट ग्राफिक्स डिजाइनिङका कक्षा समेत सञ्चालन भई रहेको छ ।

प्रकाशित मिति : 2:08 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी