पाथीभरामा केबलकार निर्माणको कामलाई अघि बढाइने



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न लागिएको पाथीभरा केबलकारको कामलाई अघि बढाइने भएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा सोमबार बसेको सर्वपक्षीय बैठकले केबलकार निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको हो ।

पाथीभरा केबलकार निर्माणको काम अघि बढाउने निर्णय भने एकपक्षीय भएको छ । केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेका पक्षसमेत सहभागी भए पनि निस्कर्षमा नपुगी उहाँहरुले बैठक छोडेर हिँडेपछि एकपक्षीय निर्णय भएको हो । परियोजनाको विरोध गर्दै आएका पक्षका प्रतिनिधिले केबलकार निर्माण गर्न नहुने कुरा दोहो¥याउँदै बैठक छोडेर निस्केका थिए ।

केबलकार परियोजनाविरुद्ध संघर्षरत पक्षसँग वार्ता गर्न बनेको वार्ता समितिका संयोजकसमेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख लामाले उहाँहरुको अवरोध रहे पनि कामलाई अघि बढाउने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार संघर्षरत पक्ष बैठक छोडेर निस्केपनि उहाँहरुसँग वार्ता र सम्वादलाई निरन्तरता दिँदै निर्माणको कामलाई अघि बढाउने निर्णय भएको हो ।

संघर्षरत पक्षका नेतृत्वसँग सहमतिको विन्दु खोजेर समस्या समाधान गर्नुपर्छ भनेर आफूले निरन्तर समन्वय गरिरहेपनि समाधानका विषयमा उहाँहरुले तत्परता नदेखाएको प्रमुख लामाले बताउनुभयो । उहाँले विरोध मात्र गरेर कुनै उपलब्धी नहुने भएकाले वार्ता तथा सम्वादबाटै समस्याको समाधान खोज्नुपर्ने र यसका संघर्षरत पक्षलाई जिम्मेवार हुन आग्रह पनि गर्नुभयो ।

यता केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेको मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र केबलकार परियोजना खारेजी संघर्ष समितिले पाथीभरा क्षेत्रको माथिल्लो फेदीभन्दा माथि केबलकार बन्न नहुने सुरुकै अडान दोहो¥याइरहेका छन् । लिम्बू समुदाय तथा आदिवासीहरु ऐतिहासिक मुन्धुमी (धार्मिक) स्थल पाथीभरा मुक्कुमलुङ भएकाले यहाँ केबलकारलगायत कुनैपनि संरचना बन्न नहुने अडान संघर्षरत पक्षले राख्दै आएका छन् ।

सोमबारको बैठकमा पनि संघर्षरत पक्षका प्रतिनिधिहरु सुरुदेखिको अडान कायम रहेको आफ्नो कुरा राख्दै बाहिरिनुभएको थियो । eujyalopost.com

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार ०५:०७

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता