पाथीभरामा केबलकार निर्माणको कामलाई अघि बढाइने



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न लागिएको पाथीभरा केबलकारको कामलाई अघि बढाइने भएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा सोमबार बसेको सर्वपक्षीय बैठकले केबलकार निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको हो ।

पाथीभरा केबलकार निर्माणको काम अघि बढाउने निर्णय भने एकपक्षीय भएको छ । केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेका पक्षसमेत सहभागी भए पनि निस्कर्षमा नपुगी उहाँहरुले बैठक छोडेर हिँडेपछि एकपक्षीय निर्णय भएको हो । परियोजनाको विरोध गर्दै आएका पक्षका प्रतिनिधिले केबलकार निर्माण गर्न नहुने कुरा दोहो¥याउँदै बैठक छोडेर निस्केका थिए ।

केबलकार परियोजनाविरुद्ध संघर्षरत पक्षसँग वार्ता गर्न बनेको वार्ता समितिका संयोजकसमेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख लामाले उहाँहरुको अवरोध रहे पनि कामलाई अघि बढाउने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार संघर्षरत पक्ष बैठक छोडेर निस्केपनि उहाँहरुसँग वार्ता र सम्वादलाई निरन्तरता दिँदै निर्माणको कामलाई अघि बढाउने निर्णय भएको हो ।

संघर्षरत पक्षका नेतृत्वसँग सहमतिको विन्दु खोजेर समस्या समाधान गर्नुपर्छ भनेर आफूले निरन्तर समन्वय गरिरहेपनि समाधानका विषयमा उहाँहरुले तत्परता नदेखाएको प्रमुख लामाले बताउनुभयो । उहाँले विरोध मात्र गरेर कुनै उपलब्धी नहुने भएकाले वार्ता तथा सम्वादबाटै समस्याको समाधान खोज्नुपर्ने र यसका संघर्षरत पक्षलाई जिम्मेवार हुन आग्रह पनि गर्नुभयो ।

यता केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेको मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र केबलकार परियोजना खारेजी संघर्ष समितिले पाथीभरा क्षेत्रको माथिल्लो फेदीभन्दा माथि केबलकार बन्न नहुने सुरुकै अडान दोहो¥याइरहेका छन् । लिम्बू समुदाय तथा आदिवासीहरु ऐतिहासिक मुन्धुमी (धार्मिक) स्थल पाथीभरा मुक्कुमलुङ भएकाले यहाँ केबलकारलगायत कुनैपनि संरचना बन्न नहुने अडान संघर्षरत पक्षले राख्दै आएका छन् ।

सोमबारको बैठकमा पनि संघर्षरत पक्षका प्रतिनिधिहरु सुरुदेखिको अडान कायम रहेको आफ्नो कुरा राख्दै बाहिरिनुभएको थियो । eujyalopost.com

प्रकाशित मिति : 5:07 am

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको