पाथीभरामा सङ्कलन भएको भारतीय सिक्काको गणना सुरु



ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा सङ्कलन भएको भारतीय (भारु) सिक्का गणना गर्न थालिएको छ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको भारतीय सिक्का रकम पहिलो पटक गणना गर्न थालिएको हो।

पाथीभरा दर्शनमा आउने भक्तजनले देवीको नाममा नगद नोट रुपियाँ र सिक्का चढाउने तथा दान गर्ने गर्दछन्। हालसम्म नोट मुद्रा र नेपाली सिक्का मात्र गणना गरी व्यवस्थापन गरिँदै आएकोमा यस पटकदेखि भारु सिक्का पनि गणना गर्न थालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार माघ महिनाको दोस्रो सातायता भारतीय सिक्का गणना गर्न सुरु गरिएको र हालसम्म चार लाख ९० हजार रुपियाँ बढी गणना गरी सकिएको छ। अहिले समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत भारतीय सिक्का धमाधम गणना भइरहेको उहाँले जानकारी दिनुभयो।

समितिका अनुसार पाथीभरामा सङ्कलन भएको भारतीय सिक्का अझै ठुलो परिमाणमा गणना गर्न बाँकी रहेको छ। भारतीय सिक्का १० रुपियाँ, पाँच, दुई र एक रुपियाँ दरका रहेका छन्। भारतीय सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो।

यता पाथीभरामा सङ्कलन भएको भेटी रकमअन्तर्गत पुस मसान्तसम्म गणना भएको नेपाली सिक्का र नोट गरी समितिको खातामा आठ करोड ७० लाख ५२ हजार ५४८ रुपियाँ मौज्दात रहेको छ। समितिका अनुसार कुल मौज्दात रकममध्ये पुस महिनामा मात्र ३५ लाख २९ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको थियो।

माघ महिनायता पाथीभरामा सङ्कलन भएको भेटी रकम भने गणनाको काम भइरहेको र आम्दानी बन्न बाँकी रहेको समितिले जनाएको छ। यहाँको पाथीभरामा भेटीबापत भारतसहित दर्जनौँ विभिन्न देशका विदेशी मुद्रासमेत सङ्कलन हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो। gorkhapatraonline.com

प्रकाशित मिति : 6:06 am

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा