पाथीभरामा सङ्कलन भएको भारतीय सिक्काको गणना सुरु



ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा सङ्कलन भएको भारतीय (भारु) सिक्का गणना गर्न थालिएको छ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको भारतीय सिक्का रकम पहिलो पटक गणना गर्न थालिएको हो।

पाथीभरा दर्शनमा आउने भक्तजनले देवीको नाममा नगद नोट रुपियाँ र सिक्का चढाउने तथा दान गर्ने गर्दछन्। हालसम्म नोट मुद्रा र नेपाली सिक्का मात्र गणना गरी व्यवस्थापन गरिँदै आएकोमा यस पटकदेखि भारु सिक्का पनि गणना गर्न थालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार माघ महिनाको दोस्रो सातायता भारतीय सिक्का गणना गर्न सुरु गरिएको र हालसम्म चार लाख ९० हजार रुपियाँ बढी गणना गरी सकिएको छ। अहिले समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत भारतीय सिक्का धमाधम गणना भइरहेको उहाँले जानकारी दिनुभयो।

समितिका अनुसार पाथीभरामा सङ्कलन भएको भारतीय सिक्का अझै ठुलो परिमाणमा गणना गर्न बाँकी रहेको छ। भारतीय सिक्का १० रुपियाँ, पाँच, दुई र एक रुपियाँ दरका रहेका छन्। भारतीय सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो।

यता पाथीभरामा सङ्कलन भएको भेटी रकमअन्तर्गत पुस मसान्तसम्म गणना भएको नेपाली सिक्का र नोट गरी समितिको खातामा आठ करोड ७० लाख ५२ हजार ५४८ रुपियाँ मौज्दात रहेको छ। समितिका अनुसार कुल मौज्दात रकममध्ये पुस महिनामा मात्र ३५ लाख २९ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको थियो।

माघ महिनायता पाथीभरामा सङ्कलन भएको भेटी रकम भने गणनाको काम भइरहेको र आम्दानी बन्न बाँकी रहेको समितिले जनाएको छ। यहाँको पाथीभरामा भेटीबापत भारतसहित दर्जनौँ विभिन्न देशका विदेशी मुद्रासमेत सङ्कलन हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो। gorkhapatraonline.com

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार ०६:०६

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा