६ महिनामा ताप्लेजुङमा पुँजीगत खर्चको अवस्था निरासाजनक



साहारा लिम्बू

ताप्लेजुङ । चालू आर्थिक बर्ष २०८०/८१ को छ महिनाको अवधिमा ताप्लेजुङमा पुँजीगत खर्चको अवस्था निरासाजनक देखिएको छ ।

प्रदेश अन्तरगतको बजेटको पुँजीगत खर्च परिचालन पाँच प्रतिशत हाराहारीमात्र भएको देखिएको छ भने संघीय बजेटको पुँजीगत खर्च एक चौथाई भन्दा कम मात्र परिचालन भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार पुँजीगत खर्चको तुलनामा चालू खर्च निकै ठूलो परिमाणले बढी देखिन्छ ।

कोलेनिकाका सहलेखापाल नवीन खनालका अनुसार चालू आवको पुस मसान्त सम्ममा संघीयतर्फ २४.१७ प्रतिशत रकम खर्च भएको छ । चालू बजेटको भने ४५ प्रतिशत रकम खर्च भएको छ ।

खनालका अनुसार संघीयतर्फ चालू बजेट ४ अर्ब २७ करोड ५ लाख ११ हजार ४ सय ५३ रुपैयाँ बजेट रहेकोमा १ अर्ब ९५ करोड ९७ लाख ३५ हजार ७ सय ३२ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ भने ४० करोड ३९ लाख ५३ हजार ५ सय ४ रुपैयाँ बजेट रहेकोमा ९ करोड ७६ लाख ६९ हजार ९ सय २ रुपैयाँ खर्च भएको छ ।

उता प्रदेशतर्फको पुँजीगत निकै निरासाजनक देखिएको छ । खनालका अनुसार प्रदेशतर्फ कूल २० करोड ५५ लाख २ हजार रुपैयाँ बजेट रहेकोमा १ करोड ४ लाख ५७ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो करिव ५.०८८ प्रतिशत हो ।

यस्तै प्रदेशमा चालूतर्फ ४१ करोड ३६ लाख ६ हजार रुपैयाँ बजेट रहेकोमा ११ करोड ८४ लाख ८९ हजार ५ सय २ रुपैयाँ खर्च भएको छ । बजेटलाई पुँजीगत र चालु गरी दुई भागमा विभाजन गरिएको छ । विकासमा गरिने खर्च पुँजीगत खर्च हो । पुँजीगत बजेट मूलतः विकास र सुधारका लागि खर्च गरिन्छ ।

योजना,नीति,कार्यक्रम र बजेटमा भौतिक सुधार र परिवर्तनको लागि प्रक्षेपण गरिने खर्च पुँजीगत खर्च हो । तलब भत्ता र दैनिक दैनिक प्रशासनिक कार्य सञ्चालनमा लागि बिनियोजित बजेटलाई चालू बजेट भनिन्छ । पुँजीगत खर्च हुन सकेन भने विकासको तीव्रता रोकिने प्रक्षेपण गरिन्छ । eujyalopost.com

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १०:४४

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा