६ महिनामा ताप्लेजुङमा पुँजीगत खर्चको अवस्था निरासाजनक



साहारा लिम्बू

ताप्लेजुङ । चालू आर्थिक बर्ष २०८०/८१ को छ महिनाको अवधिमा ताप्लेजुङमा पुँजीगत खर्चको अवस्था निरासाजनक देखिएको छ ।

प्रदेश अन्तरगतको बजेटको पुँजीगत खर्च परिचालन पाँच प्रतिशत हाराहारीमात्र भएको देखिएको छ भने संघीय बजेटको पुँजीगत खर्च एक चौथाई भन्दा कम मात्र परिचालन भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार पुँजीगत खर्चको तुलनामा चालू खर्च निकै ठूलो परिमाणले बढी देखिन्छ ।

कोलेनिकाका सहलेखापाल नवीन खनालका अनुसार चालू आवको पुस मसान्त सम्ममा संघीयतर्फ २४.१७ प्रतिशत रकम खर्च भएको छ । चालू बजेटको भने ४५ प्रतिशत रकम खर्च भएको छ ।

खनालका अनुसार संघीयतर्फ चालू बजेट ४ अर्ब २७ करोड ५ लाख ११ हजार ४ सय ५३ रुपैयाँ बजेट रहेकोमा १ अर्ब ९५ करोड ९७ लाख ३५ हजार ७ सय ३२ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ भने ४० करोड ३९ लाख ५३ हजार ५ सय ४ रुपैयाँ बजेट रहेकोमा ९ करोड ७६ लाख ६९ हजार ९ सय २ रुपैयाँ खर्च भएको छ ।

उता प्रदेशतर्फको पुँजीगत निकै निरासाजनक देखिएको छ । खनालका अनुसार प्रदेशतर्फ कूल २० करोड ५५ लाख २ हजार रुपैयाँ बजेट रहेकोमा १ करोड ४ लाख ५७ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो करिव ५.०८८ प्रतिशत हो ।

यस्तै प्रदेशमा चालूतर्फ ४१ करोड ३६ लाख ६ हजार रुपैयाँ बजेट रहेकोमा ११ करोड ८४ लाख ८९ हजार ५ सय २ रुपैयाँ खर्च भएको छ । बजेटलाई पुँजीगत र चालु गरी दुई भागमा विभाजन गरिएको छ । विकासमा गरिने खर्च पुँजीगत खर्च हो । पुँजीगत बजेट मूलतः विकास र सुधारका लागि खर्च गरिन्छ ।

योजना,नीति,कार्यक्रम र बजेटमा भौतिक सुधार र परिवर्तनको लागि प्रक्षेपण गरिने खर्च पुँजीगत खर्च हो । तलब भत्ता र दैनिक दैनिक प्रशासनिक कार्य सञ्चालनमा लागि बिनियोजित बजेटलाई चालू बजेट भनिन्छ । पुँजीगत खर्च हुन सकेन भने विकासको तीव्रता रोकिने प्रक्षेपण गरिन्छ । eujyalopost.com

प्रकाशित मिति : 10:44 am

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान