साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । नेपाल बैँक लिमिटेडले ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यालयमा एक्सटेन्सन काउन्टर शाखा स्थापना गरेको छ । सोमबार आज फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाको प्रमुख आतिथ्यतामा एक्सटेन्सन काउन्टर शाखा स्थापना गरिएको हो ।
नयाँ स्थापित शाखा मार्फत कर्जा बाहेकका सेवाहरू प्रवाह हुने नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रमुख बसन्धरा आचार्यले बताउनुभयो । उहाँका अनुसार शाखा मार्फत नयाँ २ लाख रुपैयाँसम्मको भुक्तानी दिइनेछ । सो भन्दा बढीका भुक्तानी लिनुपरेमा अग्रिम जानकारी गराउनुपर्ने समेत शाखा प्रमुख आचार्यको भनाई छ ।
विशेष गरेर नगरपालिकामार्फत गठन हुने उपभोक्ता समिति र व्यक्तिगत दुवै किसिमका खाताहरू समेत खोलिने बताईको छ । नगर कार्यपालिकामै एक्सटेन्सन काउन्टर शाखा स्थापना भएपछि सो आसपासका कार्यलयका सेवाग्राहीले समेत सेवा लिन पाउने भएका छन् ।
ताप्लेजुङमा २ सहित ३८ ओटा शाखा बिस्तार गरिरहेको नेपाल बैँकले ३ ओटा नगरपालिका सहित ८ वटा एक्सटेनसन काउन्टर शाखा बिस्तार गरेको छ । झापाको मेचीनगर नगरपालिका, तेह्रथुमको म्याङलुङ नगरपालिका र ताप्लेजुङको फुङलिङ नगरपालिकामा एक्सटेनसन काउन्टर शाखा सञ्चालनमा ल्याएको हो ।
प्रतिक्रिया