प्रेस चौतारी ताप्लेजुङको स्थापना दिवसमा तिन पत्रकार पुरस्कृत



रेडियो काबेली
ताप्लेजुङ ।

प्रेस चौतारी ताप्लेजुङले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा तिन पत्रकारलाई सम्मान गरेको छ । आइतवार सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न पत्रकारिता पुरस्कारबाट तिन पत्रकारलाई पुरस्कृत गरेको हो ।

यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रविन भट्टराई, जयमती कर्ण बहादुर पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा संवाददाता केशब भट्टराई र अग्नि प्रसाद भिमादेबी पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष तथा रेडियो तमोरमा कार्यरत पत्रकार गंगा लिङखिमलाई पुरस्कृत गरिएको पुरस्कृत गरिएको र सबै पुरस्कारको राशि समान १० हजार एक सय पाँच रुपैयाँ रहेको प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वाले जनाउनुभयो ।

चौतारीको २६औँ स्थापना दिवस कार्यक्रममा नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सांसद तिलकुमार मेन्याङबो लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 12:56 pm

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया

ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा

ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)