मालपोत कार्यालय ताप्लेजुङद्धारा छ महिनामा एक करोड छ लाख राजस्व सङ्कलन



रेडियो काबेली
ताप्लेजुङ । मालपोत कार्यालय ताप्लेजुङले पछिल्लो छ महिनाको अवधिमा एक करोड छ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ। मालपोत कार्यालयले चालू आर्थिक वर्षको छ महिना अर्थात् पुस मसान्तसम्ममा उक्त राजस्व रकम सङ्कलन गरेको हो।
मालपोत कार्यालयका प्रमुख निर्मल शेर्पाका अनुसार चालू आवको साउन महिनादेखि पुस मसान्त सम्ममा कुल एक करोड छ लाख ३४ हजार ६४१ रुपियाँ राजस्व सङ्कलन भएको छ। कुल रकममध्ये जग्गा रजिस्ट्रेसन दस्तुरबापत ६० लाख चार हजार २६४ रुपियाँ र पुँजीगत लाभकरबापत ४६ लाख ३० हजार ३७७ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख शेर्पाले जानकारी दिनुभयो।
जग्गा कारोबार अर्थात् रजिस्ट्रेसन प्रकारअन्तर्गत राजिनामा पासको सङ्ख्या ३५४ रहेको छ। राजीनामा पाससहित हालैको बकसपत्र, अंश भर्पाइ, अंशवण्डा, दर्ताफारी, छोडपत्र, संगोलनामा, भोग बन्धकी र दृष्टि बन्धकसमेत गरी छ महिनामा रजिस्ट्रेसन कार्यको सङ्ख्या ६९८ रहेको छ।
यता जग्गा रजिस्ट्रेसनबापत सङ्कलन भएको राजस्व रकम भने स्थानीय र प्रदेश सरकारलाई बाँडफाँड हुने कार्यालय प्रमुख शेर्पाले बताउनुभयो। उहाँका अनुसार स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारलाई ४० प्रतिशतका दरले राजस्व बाँडफाँड हुने व्यवस्था रहेको छ। पुँजीगत लाभकर बापत सङ्कलन हुने राजस्व रकम भने सङ्घीय सरकारको खातामा जम्मा हुने उहाँले जानकारी दिनुभयो।
मालपोत कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९÷८० को छ महिना अर्थात पुस मसान्त सम्ममा रजिस्ट्रेसनबापत ६५ लाख ११ हजार ५०२ रुपियाँ राजस्व सङ्कलन भएको थियो। त्यस्तै पुँजीगत लाभकरबापत ७३ लाख २६ हजार ६५१ राजस्व सङ्कलन भएको थियो। गत आवको तुलनामा चालू आवको छ महिनामा केही कम राजस्व सङ्कलन भएको मालपोत कार्यालय ताप्लेजुङले जनाएको छ।

गोरखापत्र

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार ११:५६

साङक देछ्योलिङको ११ औँ वार्षिकोत्सवः फुटबल अन्तरगत सेमिफाईन चरणका खेल पुरा

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

साङक देछ्योलिङको ११ ओैं वार्षिकोत्सव : हाजिरी जवाफमा भानुजन मावि प्रथम

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

फुङ्फुङ्गे झरना पर्यटन महोत्वसब सुरु, पालिकाद्धारा २ दिन विदा

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा शुक्रबारबाट फुङफुङ्गे झरना पर्यटन

कालिका माविमा प्रयोगात्मक शिक्षा अन्तरगत विभिन्न सिपमुलक कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका वडा नं. १

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङको सभापतिमा ईन्द्र बहादुर गुरुङ

रेडियो कोबलीताप्लेजुङ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाको सभापतिमा