सांसद नेम्वाङको स्वास्थ्यमा सुधार :आईसियुमा उपचार हुँदै



काठमाडौं। पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन्।

नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद नेम्वाङको सचिवालयका अनुसार चिकित्सकले स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएका हुन्। ‘‘आइसियुमा उपचार भइरहेको छ। उहाँको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’’, चिकित्सकको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले गोरखापत्र अनलाइनसँग भनेको छ।

बुधबार बिहान ताप्लेजुङमा अचानक स्वास्थ्यमा समस्या भएपछि उहाँलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् राजधानी ल्याइएको हो। अहिले उहाँको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पताल उपचार भइराखेको छ।

चिकित्सकले उहाँलाई स्ट्रोक भएको बताएका छन्। ‘‘चिकित्सकले प्रेसरले हानेको भन्नुभएको छ। उहाँको टाउकोको देब्रे तर्फको फुटेको नशाको अप्रेसन सफल भएको छ। अप्रेसन सफल भएपछि स्वास्थ्यमा सुधार भइरहेको छ’’, चिकित्सकलाई उद्धृत गर्दै सचिवालयले भनेको छ।

बिहीबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अस्पतालमा पुगेर सांसद नेम्वाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको नेम्वाङका सहयोगी सन्दीप राईले जानकारी दिनुभयो । अस्पतालमा शुभचिन्तक भेला भए पनि अहिलेसम्म स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै चिकित्सकले भेट्न नदिएको राईको भनाइ छ ।

चिकित्सकका अनुसार स्ट्रोक दिमागको कुनै भागमा रक्तसञ्चार बन्द अथवा कम हुनाले हुने गर्दछ। जसकारणले दिमागमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएर रगत जम्ने गर्छ।

एमालेको ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएका नेम्वाङ कामकै सिलसिलामा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेको समयमा स्वास्थ्यमा समस्या देखिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार तत्काल उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई बुधबार साँझ काठमाडौँ ल्याइएको हो।

नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ।

गोरखापत्र

प्रकाशित मिति : 2:16 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका