अरुण चौधरीपछि बाँसबारी छाला जुत्ता उद्योगका तत्कालीन अध्यक्ष पनि पक्राउ



काठमाडौँ । चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउ परेको घटनामा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको थियो ।
उनी पक्राउ परेसँगै ब्युरोको टोलीले छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि पक्राउ गरेको हो । उनी राजधानीको बत्तीसपुतलीबाट पक्राउ परेको सीआईबीले जनाएको छ ।

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको बताइन्छ । उक्त जग्गामा हाल चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको छ ।

तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । उक्त जग्गा अहिले अरुणचौधरी र उनकी श्रीमती शिला को स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ । यो प्रकरणमा अख्तियारले समेत छुट्टै अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : 9:12 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र