सोलुखुम्बुका १८ वटा सरकारी कार्यालयहरु निमित्तको भरमा




काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुका चार वटा पालिकासहित १८ वटा सरकारी कार्यालयहरु निमित्तको भरमा सञ्चालन भइरहेका छन् । जिल्ला सदरमुकाममा रहेका १२ वटा, सदरमुकाम बाहिरका दुई वटा सरकारी अड्डा र चार वटा पालिकाका कार्यालय प्रमुख विहीन भएका हुन् ।

निमित्तको भरका रहेका पालिकाहरुमा थुलुङ दुधकोशी गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र नेचासल्यान गाउँपालिका रहेका छन् । अन्य कार्यालयहरुमा जिल्ला हुलाक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मालपोत कार्यालय, कारागार कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय रहेका छन् ।

यस्तै नेपाल टेलिकम, नेपाल खाद्य तथा व्यापार कम्पनी, नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लु, खानेपानी तथा सरसफाइ कार्यालय, सीमा प्रशासन कार्यालय नाम्चे र इलाका प्रशासन कार्यालय सोताङ रहेका छन्।

कार्यालयहरुमा अधिकृत नहुँदा दैनिक कार्यसम्पादन समेत प्र्रभावित हुने गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । निमित्तलाई पूर्र्ण आर्थिक अधिकार नहुने भएकाले कार्यसम्पादनमा समस्या हुने गरेको उहाँको भनाइ छ । उज्यालो अन्लाईन

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ०९:०५

ताप्लेजुङमा हिउँ चितुवा संरक्षण सम्बन्धी शिक्षकलाई तालिम

ताप्लेजुङ । ताप्लेजुङमा हिउँ चितुवा संरक्षण सम्बन्धी अध्यापन गराइ रहेका

फक्ताङलुङ गाउँपालिकाको सङसाबुमा बर्थिङ सेन्टर स्थापना

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित इखाबुमा बर्थिङ सेन्टर स्थापना

११ वर्षदेखि फरार रहेका ताप्लेजुङका एक जना पक्राउ

ताप्लेजुङ । विगत एघार वर्षदेखि फरार रहेका ताप्लेजुङका एक जना

नेविसङ्घको स्थापना दिवसमा साहित्य सृजना प्रस्तुती 

ताप्लेजुङ । नेपाल विद्यार्थी सङ्घको ५६ औं स्थापना दिवसको अवसरमा

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट