अब फालेलुङमा ब्याच र खादा प्रयोग गर्न नपाइने



फालेलुङ गाउँपालिकाले त्यहाँका सरकारी र गैरसरकारी कार्यालयसँगै शैक्षिक र सामाजिक संंस्थाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा आयातित खादा, ब्याच र प्लाटिकका माला प्रयोग गर्न रोक लगाएको छ ।

कार्यपालिका बैठकमा भएको निर्णय सार्बजनिक गर्दै गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट व्ययभार हुने कुनै पनि कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न भनेको हो ।

‘गाउँपालिकाको बिनियोजित बजेटबाट ब्ययभार हुने सभा, सम्मेलन, तालिम गोष्ठी सहितका सार्वजनिक कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न जानकारी गराइन्छ, कुनै निकायले यस्ता सामग्री प्रयोग गरेर बील भपाई पेश गरेमा भुक्तानी दिइने छैन,’ सूचनामा भनिएको छ ।

आयातित सामग्रीको साटो रैथाने फूलका माला र सल्ला वा पिपलका पात र गुच्छा गर्न भनिएको गाउँपालिका अध्यक्ष बीरबिक्रम थाम्सुहाङले बताए ।

उनका अनुसार प्रयोग नगरी नहुने धार्मिक कार्यक्रममा भने खादा प्रयोगमा कडाइ गरिने छैन । यो निर्णय गाउँपालिकामा रहेका सवै सरकारी कार्यालय, शैक्षिक र सामाजिक संस्थाहरुमा लागु हुने प्रमूख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ००:५५

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन