अब फालेलुङमा ब्याच र खादा प्रयोग गर्न नपाइने



फालेलुङ गाउँपालिकाले त्यहाँका सरकारी र गैरसरकारी कार्यालयसँगै शैक्षिक र सामाजिक संंस्थाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा आयातित खादा, ब्याच र प्लाटिकका माला प्रयोग गर्न रोक लगाएको छ ।

कार्यपालिका बैठकमा भएको निर्णय सार्बजनिक गर्दै गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट व्ययभार हुने कुनै पनि कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न भनेको हो ।

‘गाउँपालिकाको बिनियोजित बजेटबाट ब्ययभार हुने सभा, सम्मेलन, तालिम गोष्ठी सहितका सार्वजनिक कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न जानकारी गराइन्छ, कुनै निकायले यस्ता सामग्री प्रयोग गरेर बील भपाई पेश गरेमा भुक्तानी दिइने छैन,’ सूचनामा भनिएको छ ।

आयातित सामग्रीको साटो रैथाने फूलका माला र सल्ला वा पिपलका पात र गुच्छा गर्न भनिएको गाउँपालिका अध्यक्ष बीरबिक्रम थाम्सुहाङले बताए ।

उनका अनुसार प्रयोग नगरी नहुने धार्मिक कार्यक्रममा भने खादा प्रयोगमा कडाइ गरिने छैन । यो निर्णय गाउँपालिकामा रहेका सवै सरकारी कार्यालय, शैक्षिक र सामाजिक संस्थाहरुमा लागु हुने प्रमूख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए ।

प्रकाशित मिति : 12:55 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था