चिसो बढेपछि सोलुखुम्बुको खुम्बुक्षेत्र सुनसान





सोलुखुम्बु । चिसो बढेपछि खुम्बुक्षेत्र सुनसान बन्न थालेको छ । धेरैजसो व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्तै गएका छन् ।

स्थानीय दामु शेर्पाका अनुसार झण्डै ७० प्रतिशत व्यवसायी तथा नागरिकले खुम्बु छाडिसकेका छन् । उनीहरु काठमाण्डौ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायतका क्षेत्रमा जाने गरेका छन् । अहिले खुम्बुक्षेत्र सुनसान नै बनेको लुक्लाका तोया श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय सिजनमा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान छन्।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँमा पनि अहिले पर्यटकको चहलपहल छैन । केही होटल पसल खुला भए पनि चिसोले जनजीवन कष्टकर छ ।

अरु बेला दैनिक एक सयभन्दा धेरै हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छ वटा मात्रै उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाको तथ्याङ्क छ । खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या छ ।

दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय नुरु शेर्पाले बताउनुभयो । यो बेला तापक्रम घटेर खुम्बुमा माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।

रासस

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार १०:४९

श्री साङक देछ्योलिङ गोन्पा विद्यालयद्धारा एसईईमा उतिर्ण विद्यार्थीलाई सम्मान 

ताप्लेजुङ । ताप्लेजुङको श्री साङक देछ्योलिङ गोन्पा विद्यालयले एसईईमा सर्वोकृष्ट

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति