अचानक बिरामी पर्नु भएका एमाले सांसद नेम्बाङलाई ताप्लेजुङबाट उपचारका लागि काठमाडौं लगिने



ताप्लेजुङ। एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागिता जनाउन फुङलिङ आएका बेला अकस्मात बिरामी हुनु भएका प्रतिनिधिसिभाका सांसद बसन्तकुमार नेम्बाङलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।

जिल्ला अस्पतालले सिटी स्क्यान सहितको आवश्यकता देखाएपछि उहाँलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो ।‘हेलिकोप्टर ल्याउने समन्वय भइरहेकोले यहाँबाट उपचारका लागि काठमाडौं लगिने छ’थेबेले भन्नुभयो । पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङका इञ्चार्ज समेत हुनुहुन्छ ।

एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा पूर्व सांसद घनश्याम खतिवडाका अनुसार बिहान फिदिमबाट हिडेंका नेम्बाङ सहितका नेताहरु खाना खाने क्रममा पाथीभरा गेष्ट हाउस पुग्नु भएको थियो । सोहि बेला उठ्ने तरखर गर्दागर्दै नेम्बाङ बिरामी परेपछि उहाँलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक परीक्षण पछि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकहरुले नेम्बाङलाई थप उपचारका लागि रेफर गरेका छन् ।

इलाममा रहेको हेलिकोप्टरसंग पनि समन्वय भइरहेको र सो नभए काठमाडौंबाट हेलिकोप्टर झिकाई मेडिसिटी अस्पताल लैजाने बिषयमा छलफल भइरहेको खतिवडाले जानकारी दिनुभयो । जिल्ला अधिबेशन सहितको बिषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक बोलाईएको थियो । सोहि बैठकका लागि नेम्बाङ सहितका नेता फुङलिङ आउनु भएको हो ।

ई–उज्यालो पोष्ट

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ०८:१३

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

ताप्लेजुङ, भदौ २० गते । रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक