ग्लोबल आईएमई बैँक ताप्लेजुङ शाखाको कार्यालय स्थानान्तरण



रेडियो काबेली
ताप्लेजुङ  । ग्लोबल आईएमई बैँकको शाखा कार्यालय ताप्लेजुङ स्थानान्तरण भएको छ । फुङलिङ नगरपालिका ४ स्थित शान्तिटोलमा रहेको बैँकको शाखा सोही वडाको तमोर अस्पताल नजिकै रहेको भवनमा स्थानान्तरण भई  सेवा दिन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको प्रमुख आतिथ्यतामा नयाँ शाखाको उद्घाटन गरिएको शाखा प्रमुख हिमालय भट्टराईले जानकारी दिए ।  

बैँक रहेको साविकको स्थानमा पार्किङ अभाव तथा एटिएम सेवासमेत प्रभावित भएकाले नयाँ स्थानमा  शाखा स्थानान्तरण गरी सेवा दिन सुरु गरिएको शाखा प्रमुख भट्टराईको भनाई छ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा समेत आफ्नो शाखा विस्तार गरी बैंकिङ कारोबारलाई ग्रामीण भेगमा समेत पु¥याएको  बैँकले ताप्लेजुङ शाखाबाट करिब १९ हजार भन्दा बढी नागरिकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १५:१८

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई