ग्लोबल आईएमई बैँक ताप्लेजुङ शाखाको कार्यालय स्थानान्तरण



रेडियो काबेली
ताप्लेजुङ  । ग्लोबल आईएमई बैँकको शाखा कार्यालय ताप्लेजुङ स्थानान्तरण भएको छ । फुङलिङ नगरपालिका ४ स्थित शान्तिटोलमा रहेको बैँकको शाखा सोही वडाको तमोर अस्पताल नजिकै रहेको भवनमा स्थानान्तरण भई  सेवा दिन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको प्रमुख आतिथ्यतामा नयाँ शाखाको उद्घाटन गरिएको शाखा प्रमुख हिमालय भट्टराईले जानकारी दिए ।  

बैँक रहेको साविकको स्थानमा पार्किङ अभाव तथा एटिएम सेवासमेत प्रभावित भएकाले नयाँ स्थानमा  शाखा स्थानान्तरण गरी सेवा दिन सुरु गरिएको शाखा प्रमुख भट्टराईको भनाई छ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा समेत आफ्नो शाखा विस्तार गरी बैंकिङ कारोबारलाई ग्रामीण भेगमा समेत पु¥याएको  बैँकले ताप्लेजुङ शाखाबाट करिब १९ हजार भन्दा बढी नागरिकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : 3:18 pm

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक