अनेरास्ववियु ताप्लेजुङको २३औं जिल्ला अधिवेशन माघ १९ र २० मा हुँदै 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङको २३औं जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशन यही माघ १९ र २० गते हुने भएको हो । 

आज एक पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी भइरहेको अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङका संयोजक मिङ्मा शेर्पाले जानकारी दिनु भएको छ । “ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आह्वान सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान” भन्ने मूल नाराका साथ अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा नेकपा एमाले ताप्लेजुङ जिल्ला पार्टी कार्यालयको सभा हलमा अधिवेशन सम्पन्न हुने शेर्पाले बताउनुभयो ।

यस अधिवेशनलाई सफल पार्न १० वटा उपसमिति समेत गठन गरिएको छ । नवनिर्वाचित कमिटीमा ७ पदाधिकारी सहित ४१ सदस्य रहने बताइएको छ । जसमा ७ पदाधिकारीमा २ महिला अनिवार्य गरिएको छ । 

अधिवेशनका लागि नव गठित कमिटीहरु मध्ये ताप्लेजुङका ८ वटा गाउँपालिका कमिटीहरूबाट २ महिला अनिवार्य सहित ५ जनाको दरले ४० जना र १ नगरपालिकाबाट ३ महिला सहित ७ जना र क्याम्पस कमिटीबाट १ महिला सहित ३ जना गरी जम्मा ५० जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ । आयोजक कमिटीमा रहेका ५७ जना स्वत प्रतिनिधि हुने विधानमा व्यवस्था रहेको छ । 

अधिवेशन आयोजक कमिटीले यस अघि नै ताप्लेजुङको ३८ वटा मावि कमिटी, ९ वटा पालिका कमिटी र १ वटा क्याम्पस कमिटी गठन भने सम्पन्न गरेको छ । अधिवेशनका लागि जिल्ला कमिटी ताप्लेजुङले लोगो समेत सार्वजनिक गरेको छ । 

प्रकाशित मिति : 12:27 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)