अनेरास्ववियु ताप्लेजुङको २३औं जिल्ला अधिवेशन माघ १९ र २० मा हुँदै 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङको २३औं जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशन यही माघ १९ र २० गते हुने भएको हो । 

आज एक पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी भइरहेको अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङका संयोजक मिङ्मा शेर्पाले जानकारी दिनु भएको छ । “ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आह्वान सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान” भन्ने मूल नाराका साथ अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा नेकपा एमाले ताप्लेजुङ जिल्ला पार्टी कार्यालयको सभा हलमा अधिवेशन सम्पन्न हुने शेर्पाले बताउनुभयो ।

यस अधिवेशनलाई सफल पार्न १० वटा उपसमिति समेत गठन गरिएको छ । नवनिर्वाचित कमिटीमा ७ पदाधिकारी सहित ४१ सदस्य रहने बताइएको छ । जसमा ७ पदाधिकारीमा २ महिला अनिवार्य गरिएको छ । 

अधिवेशनका लागि नव गठित कमिटीहरु मध्ये ताप्लेजुङका ८ वटा गाउँपालिका कमिटीहरूबाट २ महिला अनिवार्य सहित ५ जनाको दरले ४० जना र १ नगरपालिकाबाट ३ महिला सहित ७ जना र क्याम्पस कमिटीबाट १ महिला सहित ३ जना गरी जम्मा ५० जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ । आयोजक कमिटीमा रहेका ५७ जना स्वत प्रतिनिधि हुने विधानमा व्यवस्था रहेको छ । 

अधिवेशन आयोजक कमिटीले यस अघि नै ताप्लेजुङको ३८ वटा मावि कमिटी, ९ वटा पालिका कमिटी र १ वटा क्याम्पस कमिटी गठन भने सम्पन्न गरेको छ । अधिवेशनका लागि जिल्ला कमिटी ताप्लेजुङले लोगो समेत सार्वजनिक गरेको छ । 

प्रकाशित मिति : 12:27 pm

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान

प्रथम मानाभारा गोल्ड कप : आज लिङ्तेप र हाङ्देवा भिड्दै 

ताप्लेजुङ, पुस १७ गते ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा जारी

‘इतिहासकै संघिन कसिमा ताप्लेजुङ्’

दिनेश लिङ्खिम (युके) २०७४ सालको निर्वाचनपछि छानिएका जनप्रतिनिधि, चुनावी हर्कत