ताप्लेजुङमा प्रदेश भन्दा संघीयतर्फको बजेटमा दोब्बर बढी खर्च



ताप्लेजुङ । चालु आर्थिक बर्षमा ताप्लेजुङमा प्रदेश भन्दा संघीयतर्फको बजेट दोब्बर बढीले खर्च भएको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको छ महिनाकासंघीय सरकारतर्फको बजेटको ४६.३३ प्रतिशत खर्च हुँदा प्रदेश सरकारतर्फको भने २३.८० प्रतिशत खर्च भएको छ । कोष नियन्त्रक पोखरेलका अनुसार चालू र पुँजीगत गरी कूल संघीय सरकारतर्फ कूल ४ अर्व ६१ करोड १ लाख ६३ हजार रुपैयाँ बजेट रहेकोमा चालू आवको छ महिना अवधिमा २ अर्ब १३ करोड ५८ लाख ५७ हजार ४ सय ९८ रुपैयाँ खर्च भएको छ ।

यस्तै प्रदेश सरकारतर्फ चालू र पुँजीगत गरी कूल ६१ करोड ९१ लाख १२ हजार रुपैयाँ बजेट रहेकोमा चालू आवको छ महिना अवधिमा १५ करोड रुपैयाँ पनि खर्च भएन । कोलेनिकाका अनुसार प्रदेश सरकारतर्फ चालू आवको पुस मसान्त सम्ममा १४ करोड ७३ लाख ८७ हजार ६ सय १४ रुपैयाँ मात्र खर्च भएको छ ।eujyalopost.com

प्रकाशित मिति : 1:04 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन