६ महिनामा २८ हजार ३ सय ९० जना पर्यटक सगरमाथा क्षेत्र पुगे



सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएको साउनदेखि पुससम्मको छ महिनामा २८ हजार तीन सय ९० जनाले भ्रमण गरेका छन् । यो सङ्ख्या गएको वर्षको साउनदेखि पुससम्मको तुलनामा एक हजार चार सय ४१ जनाले धेरै हो ।

गएको आर्थिक वर्षको पहिलो छ महिनामा २६ हजार नौ सय ४९ जना पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए । यस वर्ष सगरमाथा क्षेत्रमा पुगेका २८ हजार तीन सय ९० जनामध्ये तीन हजार पाँच सय ८३ जना नेपाली र बाँकी विदेशी हुन् ।

यस्तै गएको छ महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जमा सङ्कलन भएको राजस्व झन्डै ११ प्रतिशतले बढेको छ । छ महिनामा निकुञ्जले छ करोड ९६ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

निकुञ्जले सगरमाथा क्षेत्र घुम्ने विदेशीबाट प्रतिव्यक्ति तीन हजार, सार्क क्षेत्रका देशका व्यक्तिबाट एक हजार पाँच सय र नेपालीसँग एक सय रुपैयाँ शुल्क लिने गरेको छ । विशेषगरी पदयात्रा र पर्वतारोहणका लागि पर्यटकहरू सगरमाथा क्षेत्रमा पुग्ने गरेका छन् ।

प्रकाशित मिति : 10:44 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर