मेरिङदेन गाउँपालिका वडा नं. २ द्धारा विद्यालयलाई न्यानो कपडा वितरण




रेडियो काबेली
ताप्लेजुङ । मेरिङदेन गाउँपालिका वडा नं. २ ले विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ । वडा नंं. २ ले आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोति ६ लाख बजेटबाट न्यानो कपडा वितरण गरिएको वडा सदस्य पेम्बा शेर्पाले जानकारी दिए ।

उनका अुनसार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रत्नेश्वर प्रसाद शाह, वडा अध्यक्ष तेज कुमार चङबाङ, कार्यपालिका सदस्यहरु साम्याङ शेर्पा, अमृता मगर शेर्पा र विमला वि.क.को उपस्थितीमा बिहिबार (आज) सिंहदेवी आधारभुत विद्यालयबाट न्यानो कपडा वितरण कार्य सुरु गरिएको छ ।

अब क्रमश वडामा रहेका ६ वटा आधाभुत, एउटा माध्यमिक र एउटा बाल विकास सिकाई केन्द्रका सबै विद्यार्धीलाई न्यानो कपडा वितरण गरिने वडाले जनाएको छ । चिसो कारण विधार्थीहरुलाई पढ्न असहज नहोस भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष चोङबाङले बताए ।

प्रकाशित मिति : 1:33 pm

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

आजबाट सुरु हुने भनिएको ऐतिहासिक पुषे मेलाको औपचारिक उद्‌घाटन भोलि मात्र हुने

ताप्लेजुङ, पुष १ गते । आजबाट सुरु हुने ऐतिहासिक पुषे

खोक्लिङमा किराना पसलको अनुगमन

सौगात विष्टताप्लेजुङ, पुष १ गते । ताप्लेजुङको मिक्कवाखोल गाउँपालिका–२ खोक्लिङमा