आहा रारा गोल्डकपमा मच्छिन्द्र र जावलाखेल खेल्दै




रेडियो काबेली
पोखरा । पोखरामा जारी २३औँ आहा रारा पोखरा गोल्डकपमा बिहिबार (आज) मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।

दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा हुने खेलमा अहिलेसम्म कुनै पनि संस्करणमासँगै नखेलेका मच्छिन्द्र र जावलाखेलबीच खेल हुन लागेको हो ।

आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । अन्तिम ५ का लागि आजको विजेता टोलीले यही माघ १५ गते मनाङ मर्स्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ ।

आहा राराको २३औँ संस्करणसम्म आइपुग्दा दुवै टोली उपाधिविहीन छन् । प्रतियोगितामा अहिलेसम्म क्वार्टरफाइनल अघिका २ वटा खेल भइसकेका छन् । जसमध्ये पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–१ ले हराउँदै थ्रीस्टार क्लब र राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाली आर्मी क्लबले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरिसकेको छ ।

प्रकाशित मिति : 7:32 am

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान