अब अमेरिकी स्टक एक्सचेन्जमा नेपाली कम्पनीले कारोबार गर्ने



नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको स्टक एक्सचेन्ज ‘नास्डक’ मा सूचीकृत हुने भएको छ ।

‘आर्टिफिसियल इन्टेलिजेन्स’ (कृत्रिम बौद्धिकता–एआई) सँग सम्बन्धित काम गर्दै आएको कम्पनी ‘फ्युजमेसिन्स’ र ‘सीएसएलएम एक्विजिसन कर्प’ बीच ‘नास्डक’ मा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको छ । मर्जरपछि कम्पनीको मूल्याङ्कन २ सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ ।

कम्पनीका संस्थापकसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत डा। मास्केका अनुसार ‘सीएसएलएम’ कम्पनीसँगको सहकार्यपछि कम्पनी ‘फ्युज’ नामबाट ‘नास्डाक’ मा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमाससम्म पूरा हुनेछ । अहिले यो सम्झौतालाई दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतिले पारित गरिसकेको छ भने अब शेयरधनीहरूको स्वीकृति र आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कम्पनी ‘नास्डाक’ मा सूचीकृत हुनेछ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा सहप्राध्यापकसमेत रहनुभएका डा। मास्केले सन् २०१३ मा ‘फ्युजमेसिन्स’ कम्पनी स्थापना गर्नुभएको थियो । अहिले ‘फ्युजमेसिन्स’ कम्पनीले नेपाल, अमेरिका र क्यानाडाका विभिन्न कम्पनी तथा संस्थासँग काम गरिरहेको छ । कम्पनीमा कार्यरत ४ सय ५० जना कर्मचारीमध्ये ३ सय ५० जनाले नेपालबाट काम गरिरहेका उहाँले बताउनुभयो ।

डा। मास्केले कम्पनीको संस्थापकका रूपमा विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने निकाय ुनास्डाकु मा सूचीकृत भएर कारोबार गर्न पाउनु कम्पनीका लागि कोशेढुङ्गा नै भएको बताउनुभयो ।

सम्झौताअनुसार ‘सीएलएलएम’ मा आबद्ध भएकाहरूले ‘पाइप फाइनान्सिङ’ र ‘प्रिक्लोजिङ फाइनान्सिङ’ गरी मिश्रित ढङ्गले ‘फ्युजमेसिन्स’ मा १९ दशमलव ४४ मिलियन डलरसम्म लगानीको प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : 12:02 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र