युक्रेनमा रुसी मिसाइल आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु




रेडियो काबेली

काठमाडौँ । रुसले युक्रेनका ठूला सहरहरूमा मिसाइल आग्रमण गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । त्यस्तै एक सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । रुसको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक सम्बोधनमा क्रममा रुसले विभिन्न प्रकारका ४० वटा मिसाइल प्रक्षेपण गरेको बताएको समाचार संस्था अलजजिराले जनाएको छ ।

उनले मिसाइल प्रक्षेपणका कारण एक सय ४० वटा घरसहित दुई सयभन्दा बढी भौतिक संरचना र भवन ध्वस्त भएका जानकारी दिए । प्रभावित क्षेत्रमा उद्धारको काम भैरहेको छ । आक्रमणमा परि त्यहाँ बस्ने सामान्य र निर्दोष नागरिकको ज्यान गएको खबरमा उल्लेख छ । राष्ट्रपति जेलेन्स्कीले यो आक्रमणको कडा जवाफ दिने प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : 9:34 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर