युक्रेनमा रुसी मिसाइल आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु




रेडियो काबेली

काठमाडौँ । रुसले युक्रेनका ठूला सहरहरूमा मिसाइल आग्रमण गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । त्यस्तै एक सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । रुसको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक सम्बोधनमा क्रममा रुसले विभिन्न प्रकारका ४० वटा मिसाइल प्रक्षेपण गरेको बताएको समाचार संस्था अलजजिराले जनाएको छ ।

उनले मिसाइल प्रक्षेपणका कारण एक सय ४० वटा घरसहित दुई सयभन्दा बढी भौतिक संरचना र भवन ध्वस्त भएका जानकारी दिए । प्रभावित क्षेत्रमा उद्धारको काम भैरहेको छ । आक्रमणमा परि त्यहाँ बस्ने सामान्य र निर्दोष नागरिकको ज्यान गएको खबरमा उल्लेख छ । राष्ट्रपति जेलेन्स्कीले यो आक्रमणको कडा जवाफ दिने प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : 9:34 am

‘इतिहासकै संघिन कसिमा ताप्लेजुङ्’

दिनेश लिङ्खिम (युके) २०७४ सालको निर्वाचनपछि छानिएका जनप्रतिनिधि, चुनावी हर्कत

प्रथम मानाभारा गोल्ड कप : सुरुङ्खिम र ढुङ्गेसाँघु सेमिफाईनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

प्रथम मानाभारा गोल्ड कप : आज दुई खेल हुने 

ताप्लेजुङ, पुस १६ गते ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा जारी

पदम बहादुर स्मृति फुटबल प्रतियोगिताको उपाधि साथीभाइलाई 

ताप्लेजुङ, पुस १६ गते ।  दोस्रो संस्करणको स्वर्गीय पदमबहादुर गुरुङ

माछापोखरी हिटी क्लब मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, पुष १५ गते । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी