सुनको मूल्य स्थिर चाँदीको भने बढ्यो , विश्व बजारमा भने घट्यो




रेडियो काबेली
ताप्लेजुङ । सुनको मूल्य लगातार तेश्रो दिन स्थिर रहेको छ । माघ १० गते, बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ कायम रहेको छ । चाँदीको भाउ भने यस दिन बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सुन चार दिनयता यहिँ मूल्यमा खरिदबिक्री भइरहेको छ । माघ ७ गते, सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । त्यसपछि भने सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार चाँदीको भाउ भने वृद्धि भएको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ पुगेको छ । मंगलबार भने चाँदी केहि सस्तिएको थियो । हिजो चाँदी तोलामा २० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ ओरालो लाग्दै

अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ ओरालो लागिरहेको छ । सो बजारमा आज सुन प्रतिअउन्स २ डलर भन्दा बढिले घटेर २ हजार २६ डलर बराबरमा कारोबार भइरहेको छ । एक महिनामा सुन प्रतिअउन्स १।२८ प्रतिशतले घटिसकेको छ । यसैगरी, अघिल्लो साताको तुलनामा सुनको मूल्य १।१२ प्रतिशतले घटेको छ ।

५२ सातायताकै सुनको उच्च मूल्य २,१२१ डलर छ । यस्तै, ५२ साता यताकै सस्तो सुनको मूल्य १,९८२ डलर रहेको छ।

सुनको मूल्यले मुद्रास्फीती र ब्याजदरमा हुने परिवर्तनहरूबारे अनुमान गर्न सहयोग गर्दछ । त्यसैले, फेड रिजर्भले व्याजदरमा भएको कटौतीका कारण सुनको भाउ बढ्ने अपेक्षा गरिरहेका सुन लगानीकर्ताहरू अब निराश हुनुपर्ने अवस्था आउन सक्ने विश्लेषकहरूले बताइरहेका छन् ।

यसैगरी, चाँदीको भाउ सामान्य बढेर प्रति अउन्स २२ डलर बराबरमा खरिदबिक्री हुँदैछ ।

प्रकाशित मिति : 8:59 am

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान