सुनको मूल्य स्थिर चाँदीको भने बढ्यो , विश्व बजारमा भने घट्यो




रेडियो काबेली
ताप्लेजुङ । सुनको मूल्य लगातार तेश्रो दिन स्थिर रहेको छ । माघ १० गते, बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ कायम रहेको छ । चाँदीको भाउ भने यस दिन बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सुन चार दिनयता यहिँ मूल्यमा खरिदबिक्री भइरहेको छ । माघ ७ गते, सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । त्यसपछि भने सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार चाँदीको भाउ भने वृद्धि भएको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ पुगेको छ । मंगलबार भने चाँदी केहि सस्तिएको थियो । हिजो चाँदी तोलामा २० रुपैयाँले घट्दा प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ ओरालो लाग्दै

अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ ओरालो लागिरहेको छ । सो बजारमा आज सुन प्रतिअउन्स २ डलर भन्दा बढिले घटेर २ हजार २६ डलर बराबरमा कारोबार भइरहेको छ । एक महिनामा सुन प्रतिअउन्स १।२८ प्रतिशतले घटिसकेको छ । यसैगरी, अघिल्लो साताको तुलनामा सुनको मूल्य १।१२ प्रतिशतले घटेको छ ।

५२ सातायताकै सुनको उच्च मूल्य २,१२१ डलर छ । यस्तै, ५२ साता यताकै सस्तो सुनको मूल्य १,९८२ डलर रहेको छ।

सुनको मूल्यले मुद्रास्फीती र ब्याजदरमा हुने परिवर्तनहरूबारे अनुमान गर्न सहयोग गर्दछ । त्यसैले, फेड रिजर्भले व्याजदरमा भएको कटौतीका कारण सुनको भाउ बढ्ने अपेक्षा गरिरहेका सुन लगानीकर्ताहरू अब निराश हुनुपर्ने अवस्था आउन सक्ने विश्लेषकहरूले बताइरहेका छन् ।

यसैगरी, चाँदीको भाउ सामान्य बढेर प्रति अउन्स २२ डलर बराबरमा खरिदबिक्री हुँदैछ ।

प्रकाशित मिति : 8:59 am

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले