झण्डै चार अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात



रेडियो काबेली
ताप्लेजुङ । भन्सार विभागकाले चालु आर्थिक वर्षको छ महिनामा झण्डै चार अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको जनाएको छ । विभागका अुनसार साउनदेखि पुससम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपैयाँ बराबरको २८ लाख ६६ हजार ७६० किलो अलैँची निर्यात भएको छ ।

चामल, दाल, कोदो, मकै, दाल लगायतका खाद्यान्न र तरकारीको आयात बढिरहँदा अलैँचीको भने निर्यात बढेको छ । कृषि उत्पादनसँगै धेरै वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको भने निर्यात बढेको हो ।

विभागका अनुसार गएको वर्षको यसै अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको ११ लाख ६८ हजार ३०६ किलो अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा १६ करोड रुपैयाँ बराबरको अलैँची निर्यात बढेको छ ।

देशमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै निर्यात हुनेमा अलैँची रहेको छ । नेपालमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च रहेको छ ।

यस वर्ष अलैँचीको मूल्य दोब्बरले बढ्दा किसान उत्साहित भएका छन् । पूर्वका विभिन्न जिल्लामा उत्पादन हुने अलैँची भारत, जर्मनी, इटाली, पाकिस्तान, अमेरिका लगायतका देशमा निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : 8:49 am

ओलाङचुङगोलाका ज्येष्ठ नागरिकलाई न्यानो सिरक 

ताप्लेजुङ, माघ २१ गते । ताप्लेजुङको उत्तरी हिमाली क्षेत्र ओलाङचुङगोलाका

प्रथम शहीद कप : उपाधिका लागि सिरिजङ्घा र सिदिङ्वा भिड्दै 

ताप्लेजुङ, माघ २१ गते । प्रथम शहीद कपको उपाधिका लागि

प्रथम सहिद कप : सिरिजङ्गा र सिदिङ्वा फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २० गते । सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका

दृष्टिविहीनको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय