झण्डै चार अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात



रेडियो काबेली
ताप्लेजुङ । भन्सार विभागकाले चालु आर्थिक वर्षको छ महिनामा झण्डै चार अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको जनाएको छ । विभागका अुनसार साउनदेखि पुससम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपैयाँ बराबरको २८ लाख ६६ हजार ७६० किलो अलैँची निर्यात भएको छ ।

चामल, दाल, कोदो, मकै, दाल लगायतका खाद्यान्न र तरकारीको आयात बढिरहँदा अलैँचीको भने निर्यात बढेको छ । कृषि उत्पादनसँगै धेरै वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको भने निर्यात बढेको हो ।

विभागका अनुसार गएको वर्षको यसै अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको ११ लाख ६८ हजार ३०६ किलो अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा १६ करोड रुपैयाँ बराबरको अलैँची निर्यात बढेको छ ।

देशमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै निर्यात हुनेमा अलैँची रहेको छ । नेपालमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च रहेको छ ।

यस वर्ष अलैँचीको मूल्य दोब्बरले बढ्दा किसान उत्साहित भएका छन् । पूर्वका विभिन्न जिल्लामा उत्पादन हुने अलैँची भारत, जर्मनी, इटाली, पाकिस्तान, अमेरिका लगायतका देशमा निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : 8:49 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो