१ नं गुल्म हेडक्वाटर कञ्चनजंघाद्धारा उत्कृष्ट प्रहरी कर्मचारी पुरस्कृत



रेडियो काबेली
ताप्लेजुङ । २३ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।

सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवालका अनुसार गुल्मले मंगलवार उत्कृष्ट कार्य सम्पादन गर्ने दुई प्रहरी निरीक्षक सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी वल वेस क्याम्प ढुङगेसाँघुका सशस्त्र प्रहरी निरीक्षक भोला खत्री र बेस क्याम्प सिनामका सशस्त्र प्रहरी निरीक्षक धिरज गुरुङ रहेका छन् । यस्तै सशस्त्र प्रहरी नायव निरीक्षकद्धय पुरनलाल राजवंशी र चन्द्रबहादुर बेघा तथा सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालुङ्वा,महेन्द्र चौधरी र सुरेन्द्र यक्सो समेत सम्मानित भएका छन् ।

सशस्त्र प्रहरी कर्मचारी दिनेश रम्तेल महिनाको उत्कृष्ट सशस्त्र कर्मचारीको रुपमा पुरस्कृत भएका छन् । यस्तै सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा आयोजित आन्तरिक फुटबल प्रतियोगिताका बिजेतालाई समेत सम्मान गरिएको छ ।


ई–उज्याले पोस्टको सहयोगमा

प्रकाशित मिति : 2:29 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम