सिरिजङ्घा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा एघार स्वर्णसहित तेल्लोक मावि प्रथम



रेडियो काबेली

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न ११ स्वर्ण पदक सहित तेल्लोक माध्यमिक विद्यालय प्रथम भएको छ । यस्तै तेल्लोक माविले ६ रजत र ४ कांस्य पदक पनि जितेको छ भने सिनाम माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै द्धितिय बनेको छ। तृतीय बनेको आम्बेगुदिन माध्यमिक विद्यालयले भने ४ स्वर्ण, ४ रजत र ६ कांस्य पदक प्राप्त गरेको छ ।

त्यस्तै सरस्वती माध्यमिक विद्यालय सिकैँचाले ३ स्वर्ण, ४ रजत र ३ कांस्य, राष्ट्रिय माध्यमिक विद्यालय पेदाङले २ स्वर्ण, ३ रजत र ६ कांस्य पदक जित्दा गणेश माध्यमिक विद्यालय खेबाङले १ स्वर्ण, २ रजत र ४ कांस्य तथा कञ्चनजङ्घा माध्यमिक विद्यालय याम्फुदिनले २ रजत र २ कांस्य पदक जितेको छ । विजेता विद्यालयलाई शिल्ड, ट्रफी र प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान लगायतले वितरण गरेका थिए ।

प्रकाशित मिति : 2:06 pm

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक