शैक्षिक गुणस्तरमा सुधार गर्न मैवाखोलाको विद्यालयमा सिसि क्यामेरा जडान




रेडियो काबेली
ताप्लेजुङ । शैक्षिक ब्यबस्थापनमा सुधार गर्नका लागि ताप्लेजुङको मैवाखोलाको विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ । पालिकाको साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा २६ वटा नयाँ सिसि क्यामेरा जडान गरिएको हो ।

नेपाल सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामरा जडान गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।


अध्यक्ष वनेमका अनुसार शैक्षिक गुणस्तर उकास्न नयाँ सिसि क्यामेरा जडान सहित ११ वटा पुराना सिसि क्यामेरा समेत मर्मत गरेर सुचारु गरिएको छ ।

त्यस्तै सो विद्यालयमा डिजिटल हाजिरी जडान कार्य समेत अघि बढाईएको अध्यक्ष वनेमको भनाई छ ।

प्रकाशित मिति : 1:39 pm

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा