विराटनगरका भट्टाचार्य नक्कली डाक्टरको आरोपमा पक्राउ



रेडियो काबेली

काठमाडौँ । विराटनगरका सम्बुद्ध भट्टाचार्य नक्कली डाक्टरको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई सोमबार नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए। भट्टाचार्य मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ का हुन्।

उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन्।

उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए। प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए।

उनले नक्सालस्थित वी केयर मा पनि काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ।

उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए। उनले यस्तो काम गरेको तीन वर्ष भएको पनि बयान दिएका छन्।

उनीमाथि प्रहरीले इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रकाशित मिति : 9:43 am

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको