कोरोनाका कारण बैदेशिक रोजगारी गुमाएर फर्किएकाहरुको सीपका लागि लगानी गर्दै सिरिजङ्गा



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कोभिड–१९ का कारण बैदेशिक रोजगारी गुमाएर फर्किएकाहरुको सीपलाई गाउँमै रोजगार सृजना गर्न पालिकाका प्रत्येक वडामा तीनलाख रुपैयाँका दरले लगानी गर्ने भएको छ ।

‘गाउँमै रोजगार,गर्वको आधार’कार्यक्रममार्फत पालिकाले ८ वटै वडामा उद्यमी सृजनाका लागि उक्त रकम खर्चिन लागेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार फर्निचर,कृषि,नेपाली हातेकागज,स्थानीय बाँस तथा काठजन्य सामग्रीको उद्यम र अन्य स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन हुने तवरका उद्यमहरुका लागि अनुदान उपलब्ध गराइने छ ।

उनका अनुसार कोभिड–१९ का कारण बैदेशिक रोजगारी गुमाएर गाउँ फर्किएका कम्तिमा तीनजना वडाबासीव्यक्तिहरुले उद्यम गर्ने उद्देश्यका साथ व्यवसायिक कार्ययोजना सहित सम्वन्धित वडाध्यक्षको रोहवरमा गठन भएको समूह,कम्तिमा तीनजना वडाबासीव्यक्तिहरुले उद्यम गर्ने उद्देश्यका साथ व्यवसायिक कार्ययोजना सहित सम्वन्धित वडाध्यक्षको रोहवरमा गठन भएको समूहले अनुदान प्राप्तिका लागि आबेदन दिन सक्ने छन् ।

यस्तै समूह दर्ता गरी विगत देखि सामूहिक रुपमा उद्यम गर्दै आएका पुराना उद्यमी र विगत देखि नै व्यक्तिगत रुपमा उद्यम सञ्चालन गर्दै आएका उद्यमीहरुले समेत अनुदानका लागि आबेदन दिन सक्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले ‘गाउँमै रोजगार,गर्वको आधार’ कार्यक्रम कार्यान्वयनमा एकरुपता ल्याउन र पारदर्शी बनाउन‘गाउँमै रोजगार,गर्वको आधार’ कार्यक्रम कार्यान्वयन निर्देशिका २०७७ जारी गरेको छ ।

सोहि कार्यविधिमा आधारित रहेर गाउँमै रोजगारी सृजना गर्न अनुदान प्राप्तिका लागि योग्यता र क्षेत्र तोकेर यसपटक पनि माघ १७ गते भित्रमा आबेदन माग गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताउनुभयो ।eujyalopost.com

प्रकाशित मिति : 1:04 pm

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु