भानु माविले फाल्गुणमा हिरक महोत्सब मनाउँदै



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयले ७५ औँ वार्षिक उत्सव मनाउने भएको छ । भानु जन माविले स्थापनाको ७५ औं बार्षीक उत्सबलाई हिरक महोत्सबको रुपमा फाल्गुण २,३ र ४ गते मनाउन लागेकोे प्रधानाध्यापक किशोर कुमार राईले बताए ।


भानु जन मा.विका भुतपुर्व प्रधानाध्यापक, भुतपुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष तथा पदाधिकारी, भुतपुर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भुतपुर्व बिधार्थी एवं सरोकारवालाहरुलाई सम्मान गरिने तथा विद्यालयसँग सम्बन्धित रहेका व्यक्तिहरुको लेखहरु समावेश गरिएको स्मारिका विमोचन गरिने प्रधानाध्यापक राईको भनाई छ ।


विद्यालयसँग सम्बन्धित केहि व्यक्तिहरुको विवरण नष्ट भएकाले सो जानकारी पनि पठाएर सहयोग गरिदिन विद्यालयले आग्रह गरेको छ । २००६ सालमा स्थानपना भएको विधालयले हाल अंगे्रजी तथा नेपाली दुवै माध्यमहरुवाट पठनपाठन गरि रहको छ भने विद्यालयमा जिल्लामै पहिलो पटक सङ्गीतको कक्षा पनि सञ्चालनमा रहेको छ ।


प्राविधिक धारका सिभिल ईन्जिनियरिङ सहित साईन्स एवं विभिन्न विषयहरुको अध्ययन पनि गर्न सकिने भएकाले हाल विधार्थी तथा अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको विद्यालयले दावी गरेको छ । विद्यालयमा हाल बाल कक्षा देखि कक्षा १२ सम्म २ हजार बढि विद्यार्थी अध्ययन गरिरहको विद्यालयले जनाएको छ । विद्यालयमा केहि समय अघिबाट जिल्लामा नै पहिलो पटका आईटी एकेडी बनेको छ भने उक्त एकेडेमीबाट ग्राफिक्स डिजाईनिङका कक्षा समेत सञ्चालन भई रहेको छ।

प्रकाशित मिति : 10:27 am

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान