फक्ताङ्लुङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनदेवी मावि, सुङसाबु प्रथम




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनदेवी माध्यमिक विद्यालय सुङसाबु प्रथम भएको छ । ७ वटा विधामा विजय हाँसिल गर्दै सुनदेवी माध्यमिक विद्यालय गाउँपालिका प्रथम भएको हो । त्यस्तै ६ वटा विधामा विजय हाँसिल गर्दै सेवालुङ माध्यमिक विद्यालय, सेगुँवा द्वितीय र रविकला माध्यमिक विद्यालय,सावादिन तृतीय भएका छन् ।


शनिबार सम्पन्न प्रतियोगितामा विजयी भएका विद्यालयलाई फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) र उपाध्यक्ष रवीन साम्रा (विकास) को उपस्थितीमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।


गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार बुधबारदेखि सुरु गरिएको प्रतियोगितामा छात्र छात्रा दौड, लङ्जम्प, हाइजम्प, छेलो हान्ने, भलिबल लगायतका खेल विधाहरु समावेश गरिएका थिए ।


प्रतियोगितामा पालिकाभित्रका सुनदेवी मावि, सेवालुङ मावि, रविकला मावि, आदर्श मावि, सरस्वती मावि, सिँवा मावि, सरस्वती च्यारिबुक मावि र खेजेनिम माविको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 10:16 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी