फक्ताङ्लुङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनदेवी मावि, सुङसाबु प्रथम




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनदेवी माध्यमिक विद्यालय सुङसाबु प्रथम भएको छ । ७ वटा विधामा विजय हाँसिल गर्दै सुनदेवी माध्यमिक विद्यालय गाउँपालिका प्रथम भएको हो । त्यस्तै ६ वटा विधामा विजय हाँसिल गर्दै सेवालुङ माध्यमिक विद्यालय, सेगुँवा द्वितीय र रविकला माध्यमिक विद्यालय,सावादिन तृतीय भएका छन् ।


शनिबार सम्पन्न प्रतियोगितामा विजयी भएका विद्यालयलाई फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) र उपाध्यक्ष रवीन साम्रा (विकास) को उपस्थितीमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।


गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार बुधबारदेखि सुरु गरिएको प्रतियोगितामा छात्र छात्रा दौड, लङ्जम्प, हाइजम्प, छेलो हान्ने, भलिबल लगायतका खेल विधाहरु समावेश गरिएका थिए ।


प्रतियोगितामा पालिकाभित्रका सुनदेवी मावि, सेवालुङ मावि, रविकला मावि, आदर्श मावि, सरस्वती मावि, सिँवा मावि, सरस्वती च्यारिबुक मावि र खेजेनिम माविको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १०:१६

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष