पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन





विराटनगर । कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले बताएका छन् ।

प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम झकोशीञ पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । उक्त आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बुको मृत्यु हुनुका साथै कडा आन्दोलन गर्दै आएका छन् ।

मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि पहिचान कायम गर्न खुवालुङ, तुवाचुङ, फाल्गुनन्द, आत्मानन्द क्षेत्रको विकासका साथै फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्ने चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरेका हुन् । किरात सभ्यतालाई शीरमा राखेर आदिवासी जनजातिको पहिचान कायम गर्दै माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

वार्ता समिति संयोजक मन्त्री जबेगुले तत्काल समितिको बैठक बसेर निर्णय गरी आन्दोलनरत पक्षलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने बताएका हुन् ।

बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो संशोधन स्वीकृत, केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० सिफारिस गर्ने, प्रदेश सांसद विनोद बान्तवा राईको कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने र १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिका संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता तथा मन्त्री राईले बताएका छन् ।

रातोपाटी

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार १२:४५

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष