पाँचथरको फिदिममा टिप्पर दुर्घटना हुँदा दुई घाइते



फिदिम । फिदिम फालौट सडकखण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–११ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

नाङ्गीनदेखि फिदिम आँउदैगरेको ना ८ ख २२६ नम्बरको टिप्पर अनियन्त्रित भएर फेमेखोला पुलबाट खस्दा चालकसहित २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय

दुर्घटनामा धनकुटाको पाख्रीबास घर भई हाल सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने ३२ वर्षीय अशोक राना मगर र फिदिम ११ धुसेनीका २४ वर्षीय प्रताप दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक (सूचना अधिकारी) सुमित कुशवाहले जानकारी दिनुभयो ।

चालकको दाहिने आँखाको छेउमा चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको छ । दर्नालको शरीरमा चोट लागेको छ । घाइते दुवै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 5:12 am

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने