प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश



ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा आयोजक सिंवा स्पोर्टिङ क्लब र लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको फाइनल खेलमा आयोजकले ड्रिम बोइज एफ.सि. धनकुटा र लालीगुँरासले वि.सि.एस. मेमोरियल युवा क्लब सावादिनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

माघे सङ्क्रान्तिको अवसरमा माघेमेला सञ्चालन समितिको आयोजनामा सञ्चालित गोल्डकपमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले धनकुटालाई ६–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा लालीगुँरासले सावादिनलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा आयोजक सँग भेट पक्का गरेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद एक लाख ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ भने हरेक दिन म्यान अफ दि म्याच बन्नेलाई समेत नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो पालिकामा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यसहित मेलाको आयोजना गरिएको संरक्षक मचिन्द्र लिम्बूले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक मेलाको सुरुवात राणा कालदेखि नै भएको हो ।

विगतका वर्षमा सामान्य मेला महोत्सव मात्र हुने गरेको थियो । यस वर्षदेखि सदरमुकाम बाहिर हुने प्रतियोगिताहरुमध्येकै सर्वोत्कृष्ट पुरस्कार राशिको भएको गोल्डकपको रुपमा सुरुवात गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 6:12 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ