ताप्लेजुङमा सवारी जरिवानाबाट चार लाख राजस्व सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङमा ट्राफिक प्रहरीले पछिल्लो छ महिनाको अवधिमा करिब चार लाख रुपियाँ राजस्व रकम असुल गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही तथा जरिवाना गरी उक्त राजस्व रकम असुल गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका अनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्त सम्ममा ६७७ वटा विभिन्न सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट कुल तीन लाख ९६ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) दीपक न्यौपानेले जानकारी दिनुभयो ।

सवारी साधनको कागजात नबोक्ने, लापरबाही चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई कारबाही अर्थात् जरिवाना गरिएको प्रसनि न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई न्यूनतम ५०० देखि अधिकतम एक हजार ५०० रुपियाँसम्म जरिवाना गर्ने गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश जिप गाडीलाई नियम उल्लङ्घन गरेबापत कारबाही गरिएको छ । जिपपछि मोटरसाइकल र अन्य सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जानकारी दिएको छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ०५:०४

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख १२ हजार

ताप्लेजुङ, भदौ २२ गते । सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड

फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको