ताप्लेजुङको मैवाखोला जुट्यो ६५ पहिरो पीडित परिवारलाई स्थायी पुर्नवास गराउने प्रकृयामा



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बिपद् जोखिममा परी एकिकृत अस्थायी आवास स्थलमा बस्दै आएका ६५ परिवारलाई स्थायी पुर्नवासको प्रकृया अघि बढाएको छ । गाउँपालिकाले स्थायी बसोबासका लागि जग्गाको खोजी सुरु गरेको हो ।

पालिकाले जग्गाको क्षेत्र तोकी न्युनतम् प्रस्तावित मूल्य सहित प्रस्ताव दर्ता गर्न बिहीबारका मितिले १५ दिनको म्याद दिएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार तोकिएको जग्गा क्षेत्रका जग्गा धनीहरुले धनीपूर्जाको प्रमाण–पत्रको प्रतिलिपि,नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,रीतपूर्वकको निबेदन र न्यूनतम् प्रस्तावित मूल्य सहितको खामबन्दी प्रस्ताव पेश गर्नुपर्ने भएको छ ।

गाउँपालिकाले पालिकाको वडा नं. ४ स्थित तालदेखि पूर्व आहालडाँडा,हेलिप्याड पश्चिम,जुकेपानी मुहान देखि दक्षिण र कँदेले डाँडा देखि उत्तर भित्रको क्षेत्र तथा वडा नं. ३ स्थित लुकुवा खोला देखि पश्चिम,कागते खोला देखि पूर्व,बाङ्गेलाम बस्ति देखि उत्तर र लुकुवा ते¥सो सडक देखि दक्षिण सम्मको क्षेत्रको जग्गाका धनीले प्रस्ताव पेश गर्न सक्ने बताएको छ ।

गत असोज ८ गते पालिकाले पहिरो पीडित परिवारलाई एकिकृत अस्थायी आवास कक्ष हस्तान्तरण गरेको थियो । २०८० साल असार २ गते गएको पहिरोका कारण अति उच्च जोखिममा परेका पालिकाको गाउँपालिका वडा नं. ४ ओदकका ६२ परिवार,ताम्राङका २ परिवार र वडा नं. ३ का एक परिवार गरी ६५ परिवारलाई पालिकाले निर्माणाधिन रंगशालास्थलमा अस्थायी आवास स्थल निर्माण गरी अस्थायी पुर्नवासको प्रवन्ध गरेको थियो ।

पालिका अध्यक्ष बिजयप्रकाश वनेमले अस्थायी आवास स्थल हस्तान्तरण भएकै दिन स्थायी पुर्नवासका लागि चाँडै प्रकृया आरम्भ गर्ने घोषणा गर्नु भएको थियो । पहिरोको उच्च जोखिममा परेका परिवार फेरी आफ्नै घर मर्मत गरेर पहिरोग्रस्त क्षेत्रमै बस्न नसक्ने भू–गर्भविद्को सुझाव अनुसार पालिकाले उच्च जोखिममा रहेका परिवारलाई अस्थायी आवास स्थल निर्माण गरी एकिकृत रुपले अस्थायी बसोबास हुनेगरी प्रवन्ध गरेको थियो ।

कूल १ करोड ५० लाख ५३ हजार ७ सय ८७ रुपैयाँको लागतमा एकीकृत अस्थायी आवास स्थल निर्माण गरी अस्थायी बसोबासको प्रवन्ध हुँदै आएकोमा अब पालिकाले बिपद् पीडित परिवारलाई स्थायी पुर्नवासको प्रकृया अघि बढाएको जनाएको छ । eujyalopost

प्रकाशित मिति : 1:28 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो