ताप्लेजुङको मेरिङदेनमा लङवाखोला पुलको उद्धघाटन



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नवनिर्मित लङवाखोला मोटरेबल पुलको उद्ध्घाटन गरिएको छ । मेरिङदेन गाउँपालिकाको ५ नं. वडा थुकिमा र ६ नं. वडा नाल्बुलाई जोड्ने खोलामा मोटरेबल पुल निर्माण सम्पन्न गरी उद्धघाटन गरिएको हो ।

एक कार्यक्रमको आयोजना गरी संबिधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाङको प्रमुख आतिथ्यतामा पक्की मोटरेबल पुलको उद्धघाटन गरिएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा संघिय शसर्त अनुदानमार्फत विनियोजित ४ करोड ६१ लाख ५५ हजार २८९ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । एसओएस थेबे र आङबुहाङ जेभिले निर्माण कार्यको जिम्मा लिएर काम पुरा गरेका हुन् । पुलको लम्बाई २६.२ मिटर लामो रहेको छ ।

उद्धघाटन कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबी हाङगाम (डम्बर), उपाध्यक्ष दुर्गा श्रेङचोङबाङ, निवर्तमान पालिका अध्यक्ष गणेश बहादुर लिम्बू, वडाध्यक्षहरु, निर्माण कम्पनीका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

मोटरेबल पुल निर्माण भएसँगै नाल्बुमा बाह्रै महिना यातयात सञ्चालन हुने पक्का भएको छ । यसअघि वर्षायामको समयमा यातयात ठप्प हुदै आएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ०१:०१

फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालिन बन्द

ताप्लेजुङ । मंगलबार राति भएको तोडफोड आगजानी पछि फुङलिङ नगरपालिकाको

ताप्लेजुङमा आज १० बजेदेखी साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

ताप्लेजुङमा पनि बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ ।

मैवाखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु