ताप्लेजुङको मेरिङदेनमा लङवाखोला पुलको उद्धघाटन



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नवनिर्मित लङवाखोला मोटरेबल पुलको उद्ध्घाटन गरिएको छ । मेरिङदेन गाउँपालिकाको ५ नं. वडा थुकिमा र ६ नं. वडा नाल्बुलाई जोड्ने खोलामा मोटरेबल पुल निर्माण सम्पन्न गरी उद्धघाटन गरिएको हो ।

एक कार्यक्रमको आयोजना गरी संबिधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाङको प्रमुख आतिथ्यतामा पक्की मोटरेबल पुलको उद्धघाटन गरिएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा संघिय शसर्त अनुदानमार्फत विनियोजित ४ करोड ६१ लाख ५५ हजार २८९ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । एसओएस थेबे र आङबुहाङ जेभिले निर्माण कार्यको जिम्मा लिएर काम पुरा गरेका हुन् । पुलको लम्बाई २६.२ मिटर लामो रहेको छ ।

उद्धघाटन कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबी हाङगाम (डम्बर), उपाध्यक्ष दुर्गा श्रेङचोङबाङ, निवर्तमान पालिका अध्यक्ष गणेश बहादुर लिम्बू, वडाध्यक्षहरु, निर्माण कम्पनीका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

मोटरेबल पुल निर्माण भएसँगै नाल्बुमा बाह्रै महिना यातयात सञ्चालन हुने पक्का भएको छ । यसअघि वर्षायामको समयमा यातयात ठप्प हुदै आएको थियो ।

प्रकाशित मिति : 1:01 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन